चितवन : चितवन प्र’हरीले कोरोना भाइरसवि’रुद्ध रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोगी हुने भन्दै विक्री गर्ने गरिएको अ’वैध अौषधीसहित ८ जनालाई नियन्त्रणमा लिएको छ। भारतबाट पर्साको ठोरी नाका हुँदै नेपालतर्फ आउदै गरेको ना ४ ख ४४२५ नम्बरको गाडी चेकजाँदा गर्दा डिक्कीमा बोरामा लुकाएर ल्याइएको अौषधी भेटिएको प्र’हरी उपरीक्षक नान्तिराज गुरुङले बताए।
एन्टीअक्सीडेण्ट, सिलाजित, ओ’मरिङ्गा, पानास गिन्सेन्स, नेट्रोभित्ता, डेपिलो, क्याल्सीयम लेखिएको औषधी बरामद भएको उनले बताए। उनले उक्त औषधीको कुल मुल्य २१ लाख १० हजार ५३२ रुपैयाँ रहेको बताए। त्यसैगरी प्र’हरीले माडी-९ बगही खोलाको किनारको झाडीमा वेवारिसे अवस्थामा ९ लाख ९५ हजार १ सय रुपैयाँ बरावरको अौषधी बरामद गरेको एसपी गुरुङले बताए।
प्र’हरीले यो समूहले भारतबाट अवैधरुपमा अौषधी ल्याएर कोरोनावि’रुद्ध रोग प्र’तिरोध क्षमता बढाउन उपयुक्त हुने भन्दै महँगो मूल्य राखेर नेट्वर्किङ व्यवसायमा प्रयोग गर्ने गरेको भेटिएको जनाएको छ। नेपालमा विक्रीका लागि अनुमती पाएको यस्तै प्रकृतिको अौषधीको मूल्य २०० रुपैयाँ पर्छ। तर यो समूहले १२ सय रुपैयाँ सम्ममा विक्री गर्ने गरेको पाइएको गुरुङले बताए।
एसपी गुरुङले औषधी व्यवस्था विभाग र खाद्य विभागसँगको सल्लाह अनुसार थप अनुसन्धानको कार्य भइरहेको बताए। प’क्राउ पर्नेहरुमा कालिका ४ बस्ने राजकुहार महतो, कालिका ३ का हरिशरण चौधरी, माडी नगरपालिका ३ का बालकृष्ण महतो, मिलन महतो, मकवानपुर जिल्ला गढी गाउँपालिका ८ का सुरज गौतम, वडानम्वर ३ बस्ने प्रकाश दाहाल, हेटौँडा उपमहानगरपालिका ५ बस्ने उज्जव पोख्रेल र वडानम्वर २३ बस्ने बिपिन सापकोटा रहेका छन् ।