थप ७७६ जनामा संक्रमण, ६ जनाको ज्यान गयो

admin

काठमाडौं, २ पुस : बिहीबार नेपालमा थप सात सय ७६ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख ५१ हजार ६ सय ९२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बितेको २४ घण्टामा ६ हजार पाँच सय ८८ जनाको पीसीआर परीक्षण भएको छ । नेपालमा बिहीबार सक्रिय संक्रमितको संख्या नौ हजार पाँच सय ८० रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा नौ सय ४७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

योसँगै संक्रमणपछि निको हुनेको संख्या दुई लाख ४० हजार तीन सय ६३ पुगेको छ । यस्तै, बितेको २४ घण्टामा ६ जना कोरोना संक्रमितको ज्यान गएको छ । योसँगै कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १७ सय ४९ पुगेको छ ।

प्रतिक्रिया