सर्लाही, पुस २ : जिल्ला प्रशासन कार्यालय सर्लाहीले धनकौलको अन्नपूर्ण चिनी उद्योगका सञ्चालक राकेश अग्रवालविरुद्ध प’क्राउ पुर्जी जारी गरेको छ ।
किसानको उखु बिक्री गरेको रकम उद्योगले भुक्तानी नदिएका कारण अग्रवालवि’रुद्ध प’क्राउ पुर्जी जारी गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो ।
किसानले तीन वर्षदेखि उखुको रकम नदिएको उजुरी प्रशासनमा दिएपछि त्यसैको आधारमा मिल सञ्चालक अग्रवालवि’रुद्ध प’क्राउ पुर्जी जारी गरिएको हो ।
धनकौलमा रहेको अन्नपूर्ण सुगर मिलले किसानको अझै १७ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको देखिएको छ ।