काभ्रे प्रह’रीद्वारा आफ्नै श्रीमतीको ह’त्या गर्ने श्रीमान प’क्राउ

admin

काभ्रे : आफ्नै श्रीमतीको ह’त्या गरी फरार रहेका श्रीमानलाई काभ्रे प्रहरीले प’क्राउ गरेको छ । ४३ बर्षीय सीता नेपालीको ह’त्या गरि फरार रहेका उनका श्रीमान् ५३ बर्षीय जीवन नेपाली प’क्राउ परेका हुन् ।

प्र’हरीले उनलाई आज (सोमबार) मकवानपुरको हेटौडा उप महानगरपालिका वडा नम्बर १० बसपार्कबाट स्थानिय प्र’हरीको सहयोगमा प’क्राउ गरेको हो । प्र’हरीले काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट सातको म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

यहि पुस ९ गते सीताको श’व बेथानचोक गाउँपालिका वडा नम्बर १ हात्तिडुंगा स्थित खोलाको छेउमा सडेगलेको अवस्थामा स्थानीय देखेपछि प्र’हरीलाई खबर गरेका थिए । खबर लगत्तै घ’टना स्थल पुगेको प्र’हरीले टोलीले सीताको ह’त्या गरेको हुन सक्नेभन्दै थप अनुसन्धान बढाएको थियो ।

नुवाकोट ओखरपौवा घर भएकी सीताले निजगढका जीवनसँग विवाह गरेको काभ्रे प्र’हरीले जनाएको छ । सीताको श’व उनका देवर राजेन्द्र कुमार नेपालीले सनाखत गरी पुस १० गते कर्तब्य ज्या’न मु’द्धामा जाहेरी दरखास्त दिएका थिए । सीता हराएपछि जीवन सम्पर्कमा नरही फरार रहेका थिए । काभ्रे प्र’हरीले जीवनलाई प’क्राउ गर्न लागि बारा, पर्सा, मकवानपुरमा समेत प्र’हरी टोली खटाएको थियो ।

प्रह’रीसँगको प्रारम्भिक बयानमा जीवनले आफु र मृतक श्रीमती पनौती, बेथानचोक क्षेत्रमा घर बनाउने मिस्त्रीको काम गर्ने गरेको र आर्थिक कारोबारका विषयमा पटक पटक वि’वाद हुने गरेको बताएका छन् ।

जीवनले मंसिर २३ गते पनौतीबाट बेथानचोक खानीखोला हुँदै निजगढ बारा जाने भनि श्रीमतीलाई सँगै लिएर गएको र बेथानचोक गाउँपालिका वडा नम्बर हात्तीडुंगा स्थित खोलाको छेउमा रातको ९ बजेको समयमा श्रीमतीलाई हात तथा लात्तीले प्र’हार गरी ह’त्या गरेको स्वीकार गरेका छन् ।

 

 

प्रतिक्रिया