अभिनेत्री वर्षा सिवाकोटी बनिन् ‘ नेपाल मेडिसिटी हस्पिटल’ कार्यकारी निर्देशक

पिएनपि खबर

काठमाडौं, १३ पुस : अभिनेत्री वर्षा सिवाकोटी ‘नेपाल मेडिसिटी हस्पिटल’ अन्तर्गतको स्किन सिटीको सिइओमा नियुक्त भएकी छन् ।


उनले एक पत्रकार सम्मेलन मार्फत आफ्नो नयाँ कदमको बारेमा जानकारी दिइन । ‘अभिनयसँगै आफ्नो पाइला व्यावसायिकतामा पनि अगाडी बढाएको जानकारी गराउन चाहन्छु । स्किन हस्पिटलमा मेरो पनि केहि शेयर रहेको बताउन चाहन्छु । आशा छ अभिनयमा जस्तै व्यापारमा पनि सबैको साथ् र सहयोग रहनेछ ।’ उनले पत्रकार सम्मेलनमा भनेकी छन ।

छाला, कपाल तथा नङसँग सम्बन्धित समस्याको उपचार हुने स्किन सिटी हस्पिटल ललितपुरको भैसेपाटीमा अवस्थित छ । साथै, यस हस्पिटलको शाखाहरु काठमाडौँका बिभिन्न स्थानमा बिस्तार गरिदै लैजाने वर्षाले जानकारी दिएकी छन् ।

प्रतिक्रिया