डोरमणिद्वारा संसदीय दलका उपनेता र सचेतक बर्खास्त

admin

काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेकपा संसदीय दलका उपनेता शालिकराम जमरकट्टेल र सचेतक बुद्धिमान माझीलाई पदबाट हटाएका छन् ।

मुख्यमन्त्रीविरुद्ध शालिकरामकै नेतृत्वमा अविश्वास प्रस्ताव दर्ता भइसकेको छ । दलको नेताको हैसियतले उपनेता र सचेतकलाई हटाइएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार प्रकाश दाहालले बताएका छन् । उनीहरु दुवैजना पूर्व माओवादी पक्षका हुन् ।

प्रतिक्रिया