प्रचण्डकी पत्नी सीता दाहाल अस्पताल भर्ना

admin

काठमाडौं, १५ पुस : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहाल अस्वस्थ बनेकी छन् । अस्वस्थ बनेपछि उनलाई अस्पताल भर्ना गरिएको छ ।

छोरी गंगा दाहालले सीताको तस्विर सेयर गर्दै उनको उपचार भइरहेको जनाएकी छिन् । सीता दाहाल पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगले पीडित छिन् । त्यसलाई प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी) भनिन्छ । यसअघि उनको अमेरिकास्थित जोन हप्किन्स अस्पतालमा समेत उपचार भएको थियो ।

प्रतिक्रिया