नयाँ वर्षमा प्रधानमन्त्रीले विदेशमा रहेका नेपालीलाई सम्बोधन गर्ने

admin

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले ग्रेगरियन पात्रो अनुसारको नयाँ वर्ष २०२१ को अवसर पारेर विदेशमा रहेका नेपालीहरुलाई सम्बोधन गर्ने भएका छन्।


वर्तमान राजनीतिक घटनाक्रमका बारेमा जानकारी गराउने र आफ्नो कदमका बारेमा स्पष्ट पार्ने योजनाका साथ नयाँ वर्ष शुभकामना आदान प्रदानसहित कार्यक्रम राखिएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन्।

थापाका अनुसार विश्वका विभिन्न देशमा रहेका प्रवासी नेपाली एकता मञ्चहरुको संयोजनमा हुन लागेको कार्यक्रममा प्रधानमन्त्री ओलीले एक घण्टा जुममार्फत आफ्नो भनाइ राख्नेछन्। कार्यक्रम शुक्रबार बिहान ११ बजेर ३० मिनेटमा हुनेछ। जुममा ३६ देशका करिब ५ सय नेपाली सहभागी हुने व्यवस्था मिलाइएको छ।

थापाका अनुसार विदेशमा रहेका नेपालीहरुलाई अहिले नेपालमा भइरहेको राजनीतिक घटनाक्रमबारे धेरै चासो भएकोले प्रधानमन्त्रीले सबैलाई प्रस्ट पार्न लागेका हुन्।

प्रतिक्रिया