नेप्सेको ऐतिहासिक रेकर्ड

admin

काठमाडौं : पुसको दोस्रो साता शेयर बजार परिसूचकले शेयर बजारमा ऐतिहासिक रेकर्ड कायम गरेको छ । साताभर बजार परिसूचक नेप्से ४८ अंकले उकालो लाग्दा नेप्से हालसम्मकै उच्च २ हजार ८७ विन्दुमा पुगेको छ । तर, कारोबार रकम भने घटेको छ ।

साताभर ४ करोड २८ हजार कित्ता शेयर किनबेच हुँदा २२ अर्ब ७६ करोड १६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । साताभर नेप्सेमा व्यापार समूहको सूचक सर्वाधिक १६ प्रतिशतभन्दा माथि र उत्पादनमुलक समूहको सूचक १२ प्रतिशत भन्दा माथिले बढेको छ ।

यो साता बजारमा नेपाल लाइफको सबैभन्दा उच्च १ अर्ब ८६ करोड ९३ लाख रुपैयाँको कारोबार हुँदा नबिल बैंकको १ अर्ब ५८ करोड ७ लाख रुपैयाँको कारोबार भएको छ । नेप्सेमा ६ वटा कम्पनीको बजार पुँजीकरण एक खर्ब नाघेको छ । नेपाल दूरसञ्चार कम्पनीको बजार पुँजीकरण सर्वाधिक १ खर्ब ८१ अर्ब २० करोड छ ।

त्यस्तै, नबिल बैंकको १ खर्ब ४८ अर्ब २८ करोड, नेपाल पुनर्बिमा कम्पनीको १ खर्ब, ३४ अर्ब ४० करोड, नेपाल लाइफको १ खर्ब २६ अर्ब १४ करोड, नागरिक लगानी कोषको एक खर्ब दुई अर्ब ९० करोड र एनआईसी एशिया बैंकको एक खर्ब १ अर्ब ९९ करोड बजार पुँजीकरण पुगेको छ ।

प्रतिक्रिया