भारतले तीन करोड मानिसलाई निःशुल्क खोप दिने

admin

काठमाडौं, १९ पुस : भारत सरकारले पहिलो चरणमा झण्डै तीन करोड मानिसलाई कोरोना भाइरसविरुद्धको खोप निःशुल्क दिने भएको छ । भारतका स्वास्थ्यमन्त्री हर्ष बर्धनले नयाँदिल्लीमा खोप अभियानको पूर्वतयारीको अवलोकनका क्रममा पहिलो चरणमा स्वास्थ्यकर्मी तथा कोभिड महामारीमा फ्रन्टलाइनमा खटिएका लगायत तीन करोड मानिसलाई खोप लगाउने बताएका हुन् ।

यसअघि भारत सरकारले आउँदो जुलाई महिनाभित्र ३० करोडभन्दा बढीलाई खोप दिने घोषणा गरिसकेको छ भने खोपको देशव्यापी वितरणका लागि विशेष अभियान नै तयार पारेको छ । भारत सरकारले खोप अभियानका लागि झण्डै एक लाख जनशक्तिलाई तयारी अवस्थामा राखेको जनाएको छ ।

यसैबीच भारतको औषधि व्यवस्थाका लागि विशेषज्ञहरूको समूह ड्रग्स कन्ट्रोलर जनरल अफ इण्डिया (डीसीजीआई) ले भारतीय बायोटेकको स्वदेशमा नै विकास गरिएको कोरोनाविरुद्धको खोपलाई नियन्त्रित तर आपतकालीन प्रयोगका लागि सिफारिस गरेको छ ।

डीसीजीआइको विषय विशेषज्ञ समितिको बैठक (एसईसी) ले स्वदेशी संक्रमित बिरामीमा खोपको आपतकालीन प्रयोगका लागि आवेदन गर्ने दुई कम्पनी एसआईआई र भारत बायोटेकले बुझाएको आवेदन समीक्षा गर्न दिल्लीमा बैठकको आयोजना गरिएको थियो ।

कोभ्याक्सिन भारतीय मेडिकल रिसर्च (आईसीएमआर) को सहकार्यमा भारतीय बायोटेकद्वारा स्वदेशी प्रविधिमा विकसित एक कोरोना भाइरस खोप हो ।

प्रतिक्रिया