नेता ‘निरु दा’ काे नि’धन

admin

काठमाडाै‌ं : नेपाली कांग्रेसका नेता निरञ्जन कोइराला (निरु दा) को ७५ वर्षकाे उमेरमा निधन भएकाे छ । उहाँकाे भारतको नयाँ दिल्लीमा रहेकाे म्याक्स अस्पतालमा उपचारका क्रममा आइतबार बिहान ११ बजे नि’धन भएकाे हाे ।

केशव कोइराला र नोना कोइरालाका पुत्र निरञ्जन कोइराला पार्टीका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाका दाजु हुनुहुन्छ । निरङ्कुश पञ्चायती शासनका विरुद्ध प्रजातान्त्रिक आन्दोलन र राजनीतिमा सक्रिय निरञ्जन कोइराला नेपालका पुराना र प्रतिष्ठित पर्यटन व्यवसायीसमेत हुनुहुन्थ्यो ।

तत्कालीन पर्यटनमन्त्री रामहरि जोशीको विज्ञ सल्लाहकारका रूपमा रहेर काेइरालाले कामसमेत गर्नुभएको थियो । उहाँको नि’धनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गर्दै भावपूर्ण श्र’द्धाञ्जली अर्पण गर्नुभएको छ ।

प्रतिक्रिया