बाबुद्वारा दुई वर्षीया छोरीको ह’त्या

admin

बुटवल : अर्घाखाँचीमा एक बाबुले छोरीको ह’त्या गरेका छन् । जिल्लाको शीतगङ्गा नगरपालिका वडा नं. २ सीतापुरको झिर्राका स्थानीय २४ वर्षीय सन्तोष घिमिरेले आफ्नै दुई वर्षीय छोरी सृष्टि घिमिरेको ह’त्या गरेका हुन् ।

घिमिरेले दुई वर्षीया छोरीको ह’त्या गरेको इलाका प्र’हरी कार्यालय ठाडाका प्र’हरी निरीक्षक इन्सपेक्टर बाबुराम बस्नेतले जानकारी दिए ।

विगत केही महिनादेखि श्रीमानसँगको घरायसी वि’वादका कारण श्रीमती भने माइतमा बस्दै आएकी थिइन् । बाबुसँगै बसेकी दुई वर्षीया छोरीको ह’त्या गरिएको बस्नेतले बताए । ‘घटनामा संलग्न घिमिरेलाई नियन्त्रणमा लिइएको र घ’टनाका बारेमा थप अनुसन्धान जारी रहेको प्र’हरीले बताएको छ ।

प्रतिक्रिया