क्षमतावान् ‘होनाहार’ विदेशी व्यक्तिलाई यूएईले नागरिकता दिने

admin

काठमाडौं, १८ माघ : संयुक्त अरब इमिरेट्स (यूएई)ले आफ्नो देशको विकासका लागि काम गर्न सक्ने विदेशी नागरिकलाई नागरिकता दिने भएको छ । यूएईका उपराष्ट्रपति शेख मोहम्मद बिन रसिद अल मक्तुमले यूएईलाई अझ राम्रो बनाउन सक्ने लगानीकर्ता, डाक्टर, इन्जिनियर, कलाकारजस्ता क्षमतावान् ‘होनाहार’ व्यक्तिलाई नागरिकता दिन लागिएको बताएका हुन् ।

यस्ता व्यक्ति र उनीहरूका परिवारले पनि दोहोरो नागरिकता राख्न पाउने उनले बताएका बीबीसी हिन्दीले लेखेको छ । यूएईको विकासको यात्रामा योगदान गर्न सक्ने व्यक्तिहरुलाई आकर्षित गर्न यस्तो प्रावधान ल्याएको उपराष्ट्रपति शेख मोहम्मद बिन रसिद अल मक्तुमले बताएका छन् । कम आय भएका व्यक्तिले यो प्रावधानमार्फत नागरिकता पाउन भने कठिन रहेको खबरमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया