शेयर बजार झण्डै ५५ अङ्कले घट्यो

admin

काठमाडौं, १८ माघ : हप्ताको पहिलो दिन आइतबार शेयर बजार झण्डै ५५ अङ्कले घटेको छ । नेप्से ५४ दशमलव ७५ अङ्कले घटेर दुई हजार तीन सय ७० दशमलव ५४ विन्दुमा झरेको छ । आइतबार कारोबार भएका सबै समूहको शेयर ओरालो लागेको छ ।

बैंक समूहको शेयर ४२ अङ्कले, उत्पादन समूहको एक सय ३२ अङ्कले, व्यापार समूहको १९ अङ्कले, होटलको २३, विकास बैंकको ५१, जलविद्युतको ३७, फाइनान्सको ५०, जीवन बीमाको चार सय ६०, निर्जीवन बीमा समूहको दुई सय ६४ र लघुवित्त समूहको शेयर एक सय २१ अङ्कले घटेको छ ।

आइतबार दुई सय ६ कम्पनीका एक करोड ६२ लाख ७७ हजार कित्ता शेयर आठ अर्ब ९७ करोड ३२ लाख ६ हजार रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ४३ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आइतबार पाँच वटा कम्पनीका शेयर धनीले सात प्रतिशतभन्दा धेरैका दरले गुमाएका छन् । समग्र बजार घटे पनि प्रभु लाइफ कम्पनीका लगानीकर्ताले झण्डै १० प्रतिशत कमाएका छन् ।

प्रतिक्रिया