देशभर थप १०५ जनामा संक्रमण पुष्टि, २५९४ जना सक्रिय संक्रमित

admin

काठमाडौं, १८ माघ : आइतबार थप एक सय पाँच जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख ७० हजार नौ सय ५९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा दुई सय ८८ जना निको भएसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या दुई लाख ६६ हजार तीन सय ३६ पुगेको छ । बितेको २४ घण्टामा थप दुई जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट अहिलेसम्म दुई हजार २९ जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिले नेपालमा दुई हजार पाँच सय ९४ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया