प्रतिनिधिसभा विघटन मुद्दा: सोमबारबाट सरकारी पक्षले बहस गर्ने

admin

काठमाडौं, माघ १९ : प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा चलिरहेको सुनुवाइमा रिट निवेदकका तर्फबाट बहस सकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहित पाँच न्यायाधीशको इजलासमा बहस चलिरहेको छ । सर्वाेच्च अदालतको संवैधानिक इजलासमा ४ माघदेखि अन्तिम सुनुवाइ सुरु भएको थियो ।

हिजो आइतबार निवेदकतर्फका कानुन व्यवसायी गोपाल पाण्डे, खडानन्द कँडेल, खीमानन्द अधिकारी, कलमबहादुर खत्री, यदुनाथ खनाल, अमिता गौतम पौडेल, क्रितिनाथ शर्मा पौडेल र लोकेन्द्र ओलीले बहस गरे ।

आइतबार निवेदकको बहस सकिएकाले सोमबारबाट सरकारी पक्षले बहस गर्नेछ । विघटनको निर्णयलाई सरकारी पक्षबाट महान्यायाधिवक्ता अग्नि खरेलसहित ११ जनाले बहस गर्नेछन् । त्यस्तै सभामुख अग्नि सापकोटाका कानुन व्यवसायीले बहस गर्नेछन् । त्यस्तै एमिकस क्युरीका तर्फबाट पाँच जना सदस्यले आफ्नो राय प्रस्तुत गर्नेछन् ।

५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको सिफारिस गरेका थिए । राष्ट्रपति विधादेवी भण्डारीले केही घण्टामै अनुमोदन गरेकी थिइन् । विघटनविरुद्ध १३ थान निवेदन सर्वोच्चमा पुगेका छन् । आजको राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया