चीनले तीन लाख खोप नेपाललाई अनुदानमा दिने

admin

काठमाडौं, १९ माघ : चीनले नेपाललाई कोरोना भाइरस (कोभिड-१९) विरुद्धको तीन लाख मात्रा खोप उपलब्ध गराउने भएको छ । खोप अनुदानमा दिने र चाँडोभन्दा चाँडो नेपाललाई उपलब्ध गराउन नेपाल सरकारका सम्बन्धित निकायहरुसँग निकट सम्पर्कमा रहेर काम भइरहेको चिनियाँ दूतावासले जनाएको छ ।

चीनले उपलब्ध गराउने खोप चिनियाँ कम्पनी सिनोफार्मले उत्पादन गरेको हो । विश्व स्वास्थ्य संगठनको मापदण्ड पूरा गरेको चिनियाँ खोपले अन्य देशहरुबाट पनि मान्यता पाएको छ । यो खोप करिब ७९ दशमलव ३४ प्रतिशत प्रभावकारी रहेको चिनियाँ दूतावासले जनाएको छ ।

प्रतिक्रिया