भारतको आर्थिक वर्ष २०२१-२२ को बजेट सार्वजनिक, स्वास्थ्य क्षेत्रको बजेट एक सय ३७ प्रतिशत बढ्यो

admin

काठमाडौं, १९ माघ : भारतले स्वास्थ्य क्षेत्रको बजेट एक सय ३७ प्रतिशतले बढाएको छ । भारतीय अर्थमन्त्री निर्मला सीतारमणले आउँदो आर्थिक वर्ष २०२१-२२ को बजेट सार्वजनिक गर्दै स्वास्थ्य क्षेत्रको बजेट एक सय ३७ प्रतिशत बढाएको जानकारी दिएकी हुन् ।

आउँदो आर्थिक वर्षका लागि भारतको स्वास्थ्य क्षेत्रको बजेट २२ खर्ब ३८ अर्ब ४६ करोड पुगेको छ । भारतले एक सयभन्दा बढी देशलाई खोप दिने घोषणा गर्दै खोपका लागि तीन खर्ब ५० अर्ब भारतीय रुपैयाँ छुट्याएको छ ।

भारतले वायु प्रदूषण नियन्त्रणका लागि २२ अर्ब १७ करोड भारतीय रुपैयाँ छुट्याइएको छ । भारतले बीमा कम्पनीमा वैदेशिक लगानीको सीमा ४९ प्रतिशतबाट बढाउँदै ७४ प्रतिशत पुर्‍याउने बताएको छ । भारतीय बीमा कम्पनीको आईपीओ आउँदो आर्थिक वर्ष जारी गर्ने बजेटमा उल्लेख छ । साथै ७५ वर्षभन्दा माथिका मानिसलाई करमा पूर्णतया छुट दिएको छ ।

त्यस्तै भारतले सन् २०२२ सम्म किसानहरूको आम्दानी दोब्बर बनाउने महत्त्वाकाङ्क्षी योजनासमेत बजेटमार्फत सार्वजनिक गरेको छ । भारतमा पहिलो पटक सांसदहरूलाई बजेटको डिजिटल कपी बाँडेर ट्याबलेटबाट बजेट पेस भएको छ ।

प्रतिक्रिया