सक्रिय संक्रमितको संख्या २ हजार ५ सयभन्दा तल झर्‍यो, ज्यान गुमाउनेको संख्या शून्य

admin

काठमाडौं, १९ माघ : नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमित संख्या दुई हजार पाँच सयभन्दा तल झरेको छ । बितेको २४ घण्टामा दुई सय ६४ जना निको भएसँगै सक्रिय संक्रमितको संख्या दुई हजार चार सय ८९ मा झरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिलेसम्म दुई लाख ६६ हजार ६ सय जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा एक सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमण पुष्टि हुनेको संख्या दुई लाख ७१ हजार एक सय १८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै बितेको २४ घण्टामा चार हजार एक सय ४५ जनाको पीसीआर परीक्षण गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बितेको २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या शून्यमा झरेको छ । यसअघि गएको बिहीवार पनि कोरोनाबाट ज्यान गुमाउनेको संख्या शून्यमा झरेका थियो ।

प्रतिक्रिया