सांसदलाई आजदेखि कोरोनाविरुद्धको खोप लगाईँदै

admin

काठमाडौं, फागुन १९ : सरकारले आजदेखि कोरोनाविरुद्धको खोप संघीय संसदका सांसदहरुलाई दिने भएको छ। आजदेखि पर्सिसम्म खोप लगाउनेमा राष्ट्रिय सभा र प्रतिनिधि सभा सदस्य तथा संसद सचिवालयका कर्मचारी र मर्यादापालक, सुरक्षाकर्मी गरेर १ हजार ५ सय जनाको सूची तयार पारिएको छ।

sf7df8f}F, !* kmfu’g M ;efd”v clUgk|;fb ;fksf]6f dªunaf/ ;+3Lo ;+;b, k|ltlglw ;ef a}7s sIfsf] cjnf]sg ub}{ . ;/sf/sf] l;kmfl/;df /fi6«klt ljBfb]jL e08f/Ln] kmfu”g @# ut] k|ltlglw;ef a}7s cfXjfg ug'{ePsf] 5 . t:jL/ M /f]zg ;fksf]6f÷/f;;

उनीहरुलाई काठमाडौंको सिभिल हस्पिटलबाट ३ दिनभित्रमा खोप दिइसक्ने स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आगामी फागुन २३ गतेदेखि ५५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप दिइने छ।

सरकारले भारतबाट १० लाख डोज खोप खरिद गरेको छ भने थप ४० लाख डोज खरिदको प्रक्रिया अघि बढेको स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले जनाएका छन्।

प्रतिक्रिया