आज सुन तोलामा पाँच सय रुपैयाँ बढ्यो, कारोबार कतिमा ?

admin

काठमाडौं, २३ फागुन : हप्ताको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ । सुनको मूल्य आइतबार पाँच सय रुपैयाँ बढेर तोलामा ८६ हजार १ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै तेजाबी सुन पनि तोलामा ५०० रुपैयाँले नै बढेको छ । तोलामा ८५ हजार १५० रुपैयाँमा शुक्रबार कारोबार भएको तेजाबी सुन आइतबारका लागि भने ८५ हजार ६५० रुपैयाँ मूल्य निर्धारण भएको महासङ्घले जनाएको छ ।

यसैगरी चाँदीको मूल्य भने आइतबार घटबढ भएको छैन । चाँदी आइतबार पनि (अस्ति) शुक्रबार जस्तै तोलामा १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया