विप्लव र रेखा थापाबीच भेट

admin

काठमाडौं, २४ फागुन : अभिनेत्री रेखा थापाले नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सँग भेट गरेकी छिन् । उनले समाजिक संजाल फेसबुकमा तस्विर सार्वजनिक गर्दै भेटको बारेमा जानकारी दिएकी हुन् । केही दिन अगाडि सरकारसँग वार्ता र सम्झौता गर्दै शान्तिपूर्ण राजनीतिमा आएका ‘विप्लव’ र रेखाबीच किन भेट भयो भन्नेबारे चासो हुनु स्वाभाविक हो ।

उसो त सरकारले विप्लव नेतृत्वको नेकपामाथि प्रतिवन्ध लगाएपछि रेखाले विरोध समेत गरेकी थिइन् । उनको भेटवार्तालाई लिएर विभिन्न आकलन र टिकाटिप्पणी भइरहेको बेला रेखाले ‘विप्लव’सँगको आफ्नो भेटलाई राजनीतिक रुपमा नहर्ने आग्रह गरेकी छिन् ।

‘‘विप्लव’सँग मेरो भेट एउटा कलाकार र राजनीतिक नेता बीचको भेट मात्र हो’ रेखाले भनिन् ‘भेटमा राजनीतिक भन्दा पनि ब्यक्तिगत र कला क्षेत्रको बारेमा हामीले कुरा गर्यौँ ।’ कलाकारका हिसाबले सबैसँग आफ्नो भेटघाट हुने र गर्ने गरेको समेत रेखाले सुनाइन् ।

‘म एक राजनीतिक पार्टीको नेतृ हुनु अगाडि कलाकार र समाजसेवी पनि हुँ’ रेखाले थपिन् ‘सोही हिसाबले ‘विप्लव’सँग भेटेकी हुँ ।’ ‘विप्लव’ भूमिगत हुँदा आफूले प्रतिबन्धको विरोध गरेको भएकोले पनि त्यसप्रति धन्यवाद दिन आफूलाई ‘विप्लव’ले बोलाएकाले भेटेको रेखाले बताइन् ।

फिल्म निर्माण र अभिनयमा क्रियाशीलताका अलवा रेखा राप्रपामा पनि आवद्ध छिन् । यसैबीच रेखा अहिले नयाँ फिल्म निर्माण तयारी छन् । फिल्मको बैशाखबाट सुटिङ तयारी भैरहेको उनले बताएकी छिन् ।

प्रतिक्रिया