संसद सचिवालयमा एमाले र माओवादी केन्द्र अलग-अलग पार्टी रहेको पत्र

admin

काठमाडौं, २६ फागुन : निर्वाचन आयोगले नेकपा एमाले र माओवादी केन्द्र अलग-अलग पार्टी रहेको पत्र संसद सचिवालय पठाएको छ । पत्र संसद सचिवालयलाई प्राप्त भएसँगै प्रतिनिधिसभामा आजदेखि एमाले र माओवादी केन्द्रको नाममा सांसदले प्रतिनिधित्व गर्नेछन् ।

तर, माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएकाले संसद बैठकमा एमाले र माओवादी केन्द्रका सांसदहरु सत्तापक्षकै लहरमा बस्ने संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताएका छन् ।

निर्वाचन आयोगको पत्र बमोजिम अब एमाले र माओवादी केन्द्रका सांसदको बस्ने सिट व्यवस्थापन मिलाइने र अहिले माओवादी केन्द्रले सरकारको समर्थन फिर्ता नगरेकाले आज सत्तापक्षकै अर्को लहरमा बस्ने प्रवक्ता पाण्डेको भनाइ छ ।

प्रतिक्रिया