दिनेश भट्टलाई सुधारगृहमा पठाउने अदालतको आदेश

admin

काठमाडौं, २६ फागुन : बैतडीकी भागरथी भट्टको ब’ला’त्कारपछि ह’त्या गरेको अभियोग लागेका दिनेश भट्टलाई पुर्पक्षका लागि सुधारगृहमा पठाइएको छ । जिल्ला अदालत बैतडीले १६ वर्षका दिनेशलाई पुर्पक्षका लागि सुधारगृहमा राख्न आदेशसँगै बुधबार उनलाई डोटीको दिपायलमा रहेको सुधारगृहमा पठाइएको हो ।

File photo

सरकारी वकिलको कार्यालयले (हिजो) मंगलबार बिहान अदालत पेस गरेकोमा अदालतले उनलाई सुधारगृह लैजान आदेश दिएको हो । भागरथीको शव गएको माघ २३ गते चडेपानीकै खोचलेक-चडेपानी ग्रामीण सडकको लवलेक जङ्गलमा भेटिएको थियो ।

बैतडीको दोगडाकेदार गाउँपालिका-७ चडेपानीकीमा रहेको सनातन धर्म माविमा कक्षा १२ मा पढ्ने भागरथीलाई त्यसै विद्यालयमा पढ्ने दिनेशले ब’ला’त्कारपछि ह’त्या गरेको अभियोग लागेको छ । 

प्रतिक्रिया