माओवादीद्वारा चार सदस्यीय कार्यदल गठन

admin

काठमाडौं, २६ फागुन : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विभिन्न पार्टीका नेताहरुसँग भएको छलफलबारे स्थायी समिति बैठकमा ब्रिफिङ गरेका छन् । मंगलबारको निर्णयअनुसार पार्टीले संसद, सरकार र राजनीतिक विषयमा विभिन्न पार्टीहरूसँग गर्ने छलफल अनुसार अध्यक्षले गरेको छलफलबारे बैठकमा जानकारी गराएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

दाहालले मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवा र जसपाका नेता डा. बाबुराम भट्टराईसँग वार्ता गरेका थिए । त्यस्तै बुधबारको बैठकमा चैत १ गते बस्ने केन्द्रीय समिति बैठक र २ गते हुने भेला प्रशिक्षणमा सहभागी हुने नेता कार्यकर्ताको मापदण्ड तय गरेको छ । बैठकले संगठनलाई मूर्त रुप दिन चार सदस्यीय कार्यदल गठन गरेको छ ।

कार्यदलमा लीलामणि पोखरेल, वर्षमान पुन, पम्फा भुषाल र जनार्दन शर्मा रहेका छन् । प्रवक्ता श्रेष्ठले सरकारलाई माओवादीले दिएको समर्थन फिर्ता गर्न कुनै ज्योतिषीले मिति नदिएको भन्दै त्यसबारे पार्टीले निर्णय पछि गर्ने जानकारी दिए । त्यस्तै माओवादी केन्द्रले यो संसद अवको २ वर्ष टिक्नुपर्ने भन्दै अन्य दलसँगको छलफल जारी राखेको जनाएको छ ।

प्रतिक्रिया