केपी ओली र माधव नेपाल समूहबीच झडप धनगढीमा

admin

कैलाली, २६ फागुन : धनगढी स्थित प्रदेश कार्यलयमा बोर्ड राख्ने र हटाउने विषयमा एमालेका केपी ओली र माधव नेपाल समूहका कार्यकर्ताबीच झडप भएको छ । धनगढी उपमहानगरपालिका–३ चटकपुरमा रहेको नेकपाको प्रदेश कार्यलयको बोर्ड परिवर्तन गर्ने क्रममा दुवै समूहका कार्यकर्ता बीच झडप भएको हो ।

अहिले स्थिति तनावपूर्ण भएको छ । बुधबार बिहान नेपाल समूहका कार्यकर्ताले कार्यलय प्रवेश गरी भीम रावल प्रदेश इन्चार्ज र भानुभक्त जोशी अध्यक्ष भएको नेम प्लेट सहित नयाँ बोर्ड राखेका थिए । त्यसको केहीबेरमा ओली समूहका प्रदेश अध्यक्ष कर्ण थापाको नेतृत्वमा गएको जुलुसले माधव पक्षले राखेको बोर्ड च्यातेर नयाँ बोर्ड राखेको थियो ।

सो समूहले रावल प्रदेश इन्चार्ज र जोशी अध्यक्ष भन्ने नेम प्लेट पनि हटाएको थियो । त्यसलगत्तै रावल समूहका कार्यकर्ता आएर ओली समूहले राखेको बोर्ड र नेम प्लेट हटाएका थिए । त्यस क्रममा दुवै समूहबीच भनाभन र झडप समेत भएको हो । झडपलगतै प्रहरीले हस्तक्षेप गरेर स्थितिलाई नियन्त्रणमा लिएको छ । अहिले प्रदेश कार्यलय प्रहरीको कब्जामा छ ।

प्रतिक्रिया