कोरोनाका कारण थप तीन जनाको ज्यान गयो, ८५ जना सङ्क्रमित थपिए

admin

काठमाडौं, १४ चैत : कोरोना भाइरसको सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा थप तीन जनाको ज्या’न गएको छ । तीन जनाको ज्यान गएसँगै अहिलेसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या तीन हजार २७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ८५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २७ सय ४५ जनाको पीसीआर परीक्षण गर्दा ८५ जनामा सङ्क्रमण पुष्टि भएको र अहिलेसम्म कोरोना पोजेटिभ हुनेको संख्या दुई लाख ७६ हजार सात सय ५० पुगेको छ ।

यस्तै थप ९३ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको संख्या दुई लाख ७२ हजार चार सय ३५ पुगेको छ । अहिले नेपालमा १२ सय ८८ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

प्रतिक्रिया