अनलाइन मार्फत ठगी गरेको अभियोगमा एक जना प’क्राउ

admin

काठमाडौं, १४ चैत : अनलाइन मार्फत रकम ठगी गरेको अभियोगमा चितवन रत्ननगर नगरपालिका-१ निपनी चोक बस्ने २१ वर्षीय विनेश महतोलाई बिहीबार प्र’हरीले प’क्राउ गरेको छ ।

सामाजिक सञ्जाल फेसबुकमा अनाधिकृत पहुँच पुर्‍याई मेसेञ्जरबाट पीडितहरुसँग विभिन्न बहाना बनाई झुक्याई ४७ हजार रुपैयाँ मोवाइल बैंकिङबाट ट्रान्सफर गरीदिनु भनि ठगी गरेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय अप’राध महाशाखा मिनभवनबाट खटिएको प्र’हरीले ईलाका प्रह’री कार्यालय टाँडी चितवनसँगको समन्वयमा उनलाई प’क्राउ गरेको हो ।

उनलाई ठगी मुद्दामा आवश्यक कारवाहीको लागि महानगरीय ‘प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।

प्रतिक्रिया