झा दम्पती ह’त्या प्रकरण : थप तीन जना सार्वजनिक

admin

महोत्तरी : जिल्ला प्र’हरी कार्यालय महोत्तरीले झा दम्पतीको ह’त्यामा संलग्न थप तीन जनालाई सार्वजनिक गरेकाे छ ।

आइतवार दिउँसो जिल्ला प्र’हरी कार्यालय महोत्तरी जलेश्वरमा आयोजित पत्रकार सम्मेलनमा पिपरा गाँउपालिका ५ सहोर्वाका ६६ वर्षीय मुसाफिर झा र उहाँकी श्रीमती ६० वर्षीया गीता देवी झाको ह’त्यामा संलग्न स्थानीयवासी तारादेवी झा र उहाँका छोराहरू कैलाश र विकासलाई सार्वजनिक गरिएको हो ।

प्र’हरीले उनीहरूको घरबाट झा दम्पतीको ओछ्यान, श’व लुकाएर राखेको बक्सा, जलेको कपडा र दाउरालगायतका सामग्री ब’रामद गरिएकाे प्र’हरी उपरीक्षक (एसपी) दिनेश आचार्यले जानकारी गराउनुभयो । मृत’क दम्पतीका नातेदार रहेका उनीहरूको ह’त्यामा संलग्नता देखिएको एसपी आचार्यले बताउनुभयो ।

झा दम्पतीको अ’पहरणपछि ह’त्या गरेको आरोपमा प्रह’रीले एक हप्ताअघि छिमेकी रामबाबु यादव, उहाँका छोराहरू सुरेन्द्र यादव र राजेन्द्र यादवका साथै भारत बिहार मधुवनी घर भइ महोत्तरीको बनौलीमा बस्दै आाएका हरेन्द्र ठाकुरलाई सार्वजनिक गरिसकेको छ ।

गएकाे फागुन १० गते राति ओछ्यानसहित बेपत्ता भएका झा दम्पतीको श’व एक महिनापछि प्रहरीले पिपरा गाउँपालिका २ अतरा जाने बाटोमा गाडेको अवस्थामा फेला पारेको थियो ।

प्रतिक्रिया