१ सय २४ उडान रद्द

admin

काठमाडौं, १६ चैत : शुक्रबारदेखि प्रतिकुल मौसममा कारण १ सय २४ उडान रद्द भएको छ । वायु प्रदुषणका कारण मौसम प्रभावित भई उडान रद्द हुँदा आन्तरिक तथा बाह्य हवाई सेवा प्रभावित भएको हो ।

शुक्रबार, शनिबार र आइतबारसम्म देशभरि नै विकसित भएको वायु प्रदुषणका कारण आन्तरिकतर्फ शुक्रबार २४, शनिबार ५६ र आइतबार बेलुका ६ बजेसम्म ४४ उडान रद्द भएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका आन्तरिक तर्मिनल व्यवस्थापन प्रमुख पूर्णप्रसाद चुडालले बताए ।

अन्तर्राष्ट्रियमा भने तीन दिनमा ३ उडान प्रभावित भएका छन् । यो समाचार आजको कारोबार दैनिकमा छ ।

प्रतिक्रिया