अवैधानिक अध्यक्षले गरेको कारबाही स्वीकारिन्न : भीम रावल

admin

काठमाडौं, १६ चैत : नेकपा एमालेका नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई गरेको कारबाही स्वीकार्य नभएको बताएका छन्। माधवकुमार नेपाल र आफूलाई ६ महिना पार्टी सदस्यबाट निलम्बन गर्ने अध्यक्ष ओलीको निर्णयबारे प्रतिक्रिया दिँदै रावलले अध्यक्ष स्वयं अवैधानिक भएको दाबी गरेका छन्।

नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी भंग गरी गठन गरिएको महाधिवेशन आयोजक समितिको अध्यक्ष आफै अवैधानिक भएको भन्दै रावलले ओलीले पार्टीको नीति र विधानको खिल्ली उडाएको आरोपसमेत लगाएका छन्।

‘पहिलो चरणमा संविधान र नेकपाको एकतामा प्रहार गरेका ओलीले दोस्रो चरणमा एमालेको नवौं महाधिवेशनबाट पारित सिद्धान्त, नीति र विधानको खिल्ली उडाएको र गुटको भेलाबाट स्वेच्छाचारी निर्णय गरेका छन’ रावलले भने,‘यो पार्टी विधान र नवौं राष्ट्रिय महाधिवेशनको मार्ग निर्देशन र स्वेच्छाचारी कु मृ’त्यु हो। देशभक्तिपूर्ण आवाजबाट त्रसित वाह्य शक्तिप्रति तावेदारी हो।’

अध्यक्ष ओलीले नेपाल, रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डे गरी चार नेतालाई स्पष्टीकरण पत्र पठाएका थिए। नेपाल र रावलले पत्रको जवाफ फर्काएपछि उक्त जवाफ चित्तबुझ्दो नभएको भन्दै ओलीले सोमबार नेपाल र रावललाई ६ महिनाका लागि कारबाही गरेको निर्णय गरेका छन्।

प्रतिक्रिया