दाहाल नेकपा खारेज गर्ने फैसलाविरूद्ध पुनरावलोकन जाँदै

admin

काठमाडौं, १७ चैत : तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच भएको एकता खारेज गर्ने सर्वोच्च अदालतको फैसलाविरूद्ध माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुनरावलोकन दिने भएका छन् । मंगलबार पुनरावलोकनका लागि उनी सर्वोच्च अदालत जाने उनका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।

यसअघि माओवादी केन्द्रले कानुन व्यवसायीसँग समेत छलफल गरेको थियो । गएको फागुन २३ गते नेकपा नामको पार्टी कसको नाममा हुने भन्ने मुद्दाको फैसला गर्दै सर्वोच्चले २०७५ साल जेठ ३ गते भएको एमाले र माओवादी केन्द्रको एकतालाई खारेज गरिदिएको थियो ।

प्रतिक्रिया