आज पनि घट्यो सुनचाँदीको मूल्य, कारोबार कतिमा ?

admin

काठमाडौं, १८ चैत : बुधबार सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ८६ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार घटेर तोलामा ८५ हजार ६०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजाबी सुन तोलामा ८५ हजार १५० रुपैयाँमा कारोबार भएको छ । यसैबीच बुधबार चाँदीको मूल्य पनि घटेको छ । मंगलबार तोलामा १२१५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार घटेर तोलामा ११९५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया