माटोको ढिस्कोले पुरिएर एक महिलाको मृ’त्यु, दुईजना घा’इते

admin

डडेल्धुरा : घर पोत्ने माटो खन्ने क्रममा ढिस्कोले पुरिएर डडेल्धुरामा एक महिलाको मृ’त्यु भएको छ । अमरगढी नगरपालिका–८ उग्रतारा मन्दिर परिसर भित्र रहेको सामुदायिक वनमा माटो खन्दा अमरगढी–७ ऐरी गाउँकी अन्दाजी ४५ वर्षीया नारु देवी ऐरीको मृ’त्यु भएको प्रहरी चौकी पोखरा ईञ्चार्ज शेरबहादुर बुढाऐरले बताउनुभयो ।

माटो खन्दा बनेको करिब आठ फिट लामो सुरुङ भित्र माटो खनिरहेका तीन महिला बुधबार दिउँसो पुरिएका थिए । तीन मध्ये दुई जनाको भने उद्दार गरिएको छ ।

मृ’तक ऐरीको शव नेपाल प्र’हरी र शसस्त्र प्र’हरीले निकालेको हो । माटोको ढिस्कोले पुरिएर घा’इते भएका शारदा ऐरी र कल्पना विकको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया