मोबाइल मनी जेठदेखि सञ्चालनमा आउने

admin

काठमाडौं, १९ चैत : नेपाल टेलिकम रााष्ट्रिय वाणिज्य बैङ्कले संयुक्त रूपमा ल्याउन लागेको मोबाइल मनी जेठदेखि सञ्चालनमा आउने भएको छ ।


मोबाइल ब्यालेन्सको प्रयोग गरी इन्टरनेट नभएको अवस्थामा पनि कारोबार गर्नसक्ने उक्त सुविधा ढिलोमा जेठदेखि सुरु हुने नेपाल डिजिटल पेमेन्ट कम्पनी (एनडीपीसी)का प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

बुधबार आयोजित भर्चुअल कार्यक्रममा उनले अहिले मोबाइल मनी सञ्चालनका लागि प्राविधिक रूपमा काम भइँरहेको बताए कार्यक्रममा उनले डिजिटल भन्नासाथ निःशुल्क हुनुपर्छ भन्ने आमधारणामा परिवर्तन आवश्यक रहेको पनि बताए ।

डिजिटलाइजेसनका लागि ठूलो पुँजी लगानी गर्नुपर्ने भएकाले त्यसलाई भरपर्दो दिगो बनाउन पनि पूर्ण रूपमा निःशुल्क गर्नु सम्भव नहुने उनको भनाइ छ ।

त्यस्तै डिजिटल फाइनान्सलाई द्रुत गतिमा अगाडि बढाउन उपकरण आयातमा छुट सुविधा उपलब्ध गराउने पर्ने विषयमा पनि ध्यान दिनुपर्ने उनको सुझाव थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया