कीर्तिपुरमा खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको ज्यान गयाे

admin

काठमाडौं, १९ चैत : कीर्तिपुरमा खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको ज्या’न गएको छ । कीर्तिपुर नगरपालिका ६ टौदह सिकाली वाग्मती नदी किनारमा फार्मका लागि खनेको खाल्डोमा डुबेर ओखलढुङ्गा घर भइ टौदह खोला नजिक बङ्गुर पालन गर्दै आएका भीम र कृष्ण सुनुवारका ११ वर्षीय छोरा प्रशान्त र कृष सुनुवारको ज्यान गएको वडाध्यक्ष न्हुच्छेबहादुर महर्जनले जानकारी दिनुभयो ।

खेल्न गएका चार जना बालकमध्ये दुई जना भने सकुशल रहेका वडाध्यक्ष महर्जनले बताउनुभयो ।

प्रतिक्रिया