म्यानमारमा सेनाको गो’ली लागेर ४३ जनाभन्दा धेरै बालबालिकाको ज्यान गयो

admin

एजेन्सी, २० चैत : म्यानमारमा सेनाले सत्ता हातमा लिएपछि भएको हिं’सात्मक प्रदर्शनका क्रममा सेनाको गो’ली लागेर अहिलेसम्म ४३ जनाभन्दा धेरै बालबालिकाले ज्यान गुमाएका छन् । फेब्रुअरीमा सेनाले सत्ता हातमा लिएर स’ङ्कटकाल घोषणा गरेसँगै म्यानमारमा हिं’सात्मक प्रदर्शन हुँदै आएको छ ।

त्यस्तै हिं’सात्मक विरोधका क्रममा ४३ जनाभन्दा धेरै बालबालिकाको ज्यान गएको ‘सेभ द चिल्ड्रेन’ले जनाएको छ । ‘सैन्य कू’ विरुद्ध सडक प्रदर्शन गर्ने सर्वसाधारणको घरमै गएर सेनाले मनपरी आ’क्रमण गरिरहेको र त्यसको चपेटमा बालबालिका परिरहेको ‘सेभ द चिल्ड्रेन’को भनाइलाई उल्लेख गर्दै बीबीसीले जनाएको छ ।

यस्तै म्यानमारमा सेनाको गो’ली लागेर घाइते भएका बालबालिकाको संख्या पनि उल्लेख्य रहेको छ । १३ वर्षीय बालकलाई घरभित्रै गएर गो’ली हानेर ह’त्या गरेको, ९ महिनाकी बालिकालाई आँखामा गो’ली लागेको र बालबालिकाहरु त्रासैत्रासमा बाच्नुपरेको बालबालिकाको क्षेत्रमा काम गर्दै आएको ‘सेभ द चिल्ड्रेन’ले जनाएको छ ।

पछिल्लो घ’टनाक्रमले म्यानमार बालबालिकाका लागि सुरक्षित नरहेको यो संस्थाले निष्कर्ष निकालेको छ । नेतृ आङ सान सुकीलगायत नेताहरुको रिहाइको माग गर्दै म्यानमारमा हरेक दिन प्रदर्शनहरु भइरहेका छन् ।

प्रतिक्रिया