आजदेखि पाँच दिन बन्द लमही-घोराही सडकखण्ड

admin

दाङ, २२ चैत : दाङको सदरमुकाम घोराही प्रवेश गर्ने मुख्य सडक लमही-घोराही सडकखण्ड आइतबारदेखि पाँच दिन बन्द गरिएको छ । जीर्ण सडक मर्मत सम्भारका लागि पाँच दिनसम्म बन्द भएको जिल्ला प्रशासन कार्यालय दाङले सूचना निकालेर जनाएको छ ।

सडकखण्डका विभिन्न मोडहरुमा कालोपत्र उप्किएपछि सडक खाडल र धुलाम्मे भएको छ ।  तत्काल मर्मतको काम थालिएको सडक डिभिजन कार्यालय दाङले जनाएको छ । लमही-घोराही सडकखण्ड बन्द भएपछि तुलसीपुर-अमेलिया भएर गाडीहरु चल्नेछन् । पाँच दिनका लागि बन्द सडक २६ गते बेलुकादेखि खुल्ने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया