हामी समर्थन फिर्ता लिन्छौं, अब कांग्रेसको नेतृत्वमा सरकार बन्छ : वर्षमान पुन

admin

काठमाडौं, २२ चैत्र : नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य वर्षमान पुनले अब छिट्टै वैकल्पिक सरकार निर्माण हुने विश्वास दिलाएका छन् । पार्टीले सरकारलाई दिएको समर्थन (आज) आइतबार अथवा (भोलि) सोमबारभित्रै फिर्ता लिने पनि उनले जनाए । आइतबार नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीमा यदि राजनैतिक नैतिकता भएको भए यतिवेलासम्म राजीनामा आईसक्नेथियो भन्ने भनाई पनि राखे । तर, प्रधानमन्त्रीमा नैतिकता नभएकोले ओलीले राजीनामा नदिएको उनले टिप्पणी गरे । लोकतन्त्रमा शासन गर्ने भनेको आफूसँग स्पष्ट बहुमत हुनुपर्ने उनको तर्क छ ।

उनले प्रधानमन्त्री ओलीसँग अहिले जनमतपनि नभएको दाबी गरे । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि वर्तमान सरकारको विकल्प खोज्ने र यसको लागि अग्रसर लिने भनेर निर्णय गरेको कुरा उल्लेख गर्दै नेता पुनले आफ्नो पार्टीले पनि समर्थन फिर्ता लिने सुनाए ।

उनले प्रधानमन्त्री ओलीले जे बोल्ने हो त्यो नगर्ने र जे गर्ने हो त्यो कहिल्यै नबोल्ने गरेको पनि स्मरण गराए । उनले भने, ‘उहाँको विरुद्धमा बहुमत पुग्यो भने फेरि संसद् विघटन गर्ने उहाँको तयारी छ । उहाँले हुँदाहुँदै एमालेलाई पनि मिलाउन सक्नुभएको छैन् । देशलाई निकास दिन्छु भनेर राजीनामा दिन्छु भनेर कुरा गरेको होईन ।’

प्रतिक्रिया