नेप्सेले अहिलेसम्मकै उच्च विन्दुको रेकर्ड, यस्तो छ आज कारोबार

admin

काठमाडौं, २२ चैत्र : शेयर बजार परिसूचक नेप्से कीर्तिमानी अङ्कमा पुगेको छ । आइतबार २५ दशमलव ७१ अङ्कले बढेर २६ सय ५७ दशमलव ६१ विन्दुमा पुगेको नेप्सेले अहिलेसम्मकै उच्च विन्दुको रेकर्ड बनाएको हो । यसअघि नेप्से फागुन नौ गते २६ सय ४० विन्दुसम्म पुगेको थियो ।

आइतबार व्यापार, होटल, उत्पादन, म्युचल फण्ड समूहको शेयर घटे पनि अरू समूहको शेयर उकालो लागेपछि नेप्से बढेको हो । बैंकिङ समूहको शेयर साढे १४ अङ्कले, विकास बैंकको २२, जलविद्युतको ३७, फाइनान्सको ४३, माइक्रो फाइनान्सको २३, जीवन बीमा समूहको एक सय ५४, निर्जीवन बीमा समूहको पाँच सय ४३ र अन्य समूहको शेयर ३९ अङ्कले बढेको छ ।

आइतबार दुई सय १२ कम्पनीका एक करोड ८१ लाख कित्ता शेयर नौ अर्ब ६८ लाख रुपैयाँमा किनबेच भएका छन् । निफ्राको साढे ४७ करोड रुपैयाँको शेयर किनबेच भएको छ । आइतबार ओमी फाइनान्स र जनरल इन्स्योरेन्ससहित सात कम्पनीको शेयर मूल्य नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्र बजार बढे पनि साल्ट ट्रेडिङ कम्पनीको शेयर साढे चार प्रतिशतले घटेको छ ।

प्रतिक्रिया