आज सामान्य घट्यो सुनचाँदीको मूल्य, कारोबार कतिमा ?

admin

काठमाडौं, २३ चैत्र : सोमबरा सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको छ । आइतबार तोलामा ८७ हजार ४ सय रुपैयाँ रहेको सुनको मूल्य सोमबर २ सय रुपैयाँले घटेर तोलाको ८७ हजार २ सय रुपैयाँ कायम गरिएको छ ।

यस्तै तेजाबी सुन तोलामा ८६ हजार ७५० रुपैयाँमा कारोबार भएको छ । यसैगरी सोमबार चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलाको १२ सय ४० रुपैयाँ रहेको चाँदीको मूल्य सोमबार ५ रुपैयाँ घटेर १२ सय ३५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रतिक्रिया