बिरोध गर्नेहरुको कोलाहल देखेर म छक्क पर्छु, कठैबरा कसले होला पुछिदिने आँशु : शान्ता चौधरी

admin

काठमाडौं, २६ चैत : नेकपा एमालेकी सांसद सांसद शान्ता चौधरीले प्रतिनिधिसभा बैठकको शून्य समयमा कविता वाचन गरेकी छिन् ।

यस्तो छ उनको कविता :-
विरोधका लागि बिरोध गर्नेहरुको कोलाहल देखेर म छक्क पर्छु
सरकार विकास गर्छ
जनतालाई हँसाउछ, खुसी दिन्छ
तर विकास विरोधीहरुको आँखा रसाउँछ अनि खुसी हराउँछ
प्रधानमन्त्रीको जब देशभरी जनलहर आउँछ
तव विरोधीहरुको निन्द्रा हराउँछ
विकासप्रेमीहरु अहिले खुसीले गदगद छन्
सुन्दैछु नयाँ वर्षको प्रवेशसँगै देशले अमूल्य चिज पाउँदैछ
गौतम बुद्ध विमानस्थल सम्पन्न भयो
धरहरा मुसुक्क मुस्कुरायो
कोही भन्दैछन् जनता हाँस्दा म कसरी हाँसु
कठैबरा कसले होला पुछिदिने आँशु

प्रतिक्रिया