काठमाडौं, २७ चैत : बुधबार सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनमा देशको सबैभन्दा बढी सदस्यहरु रहेको काठमाडौं शाखाको नजिता बिहीबार राति सार्वजनिक भएको छ । नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालय सञ्चारग्राममा सम्पन्न भएको मतगणनामा एक सदस्यबाहेक सूर्य सुवेदीको सम्पूर्ण प्यानल नै विजयी भएको हो ।
एक हजार २ सय ३४ मत खसेकोमा सुवेदीले ७ सय १३ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्दी मोहन पन्तले ३३७ मत ल्याएका छन् । साथै उपत्यका प्रदेशमा श्रीजन झाको प्यानल नै विजयी भएको छ । काठमाडौं, भक्तपुर र ललितपुर तथा उपत्यका प्रदेशमै केपी ओली प्यानलको चौतारी समूह पराजित भएको छ । चौतारीको उपत्यका यो पराजीत पहिलो नै हो ।