काठमाडौंमा कडाइ गर्न थालियो, मास्क नलगाउने १३ सय २५ जनालाई ‘होल्ड’

admin

काठमाडौं, १३ बैशाख : कोरोनाभाइरस (कोभिड-१९) संक्रमण फैलिँदै गर्दा काठमाडौंमा मास्क नलागाइ हिँड्नेमाथि कारबाही थालिएको छ । सोमबार मात्रै प्रहरीले मास्क नलगाउने १३२५ जनालाई नियन्त्रणमा लिएर केहीबेर होल्डमा राखेर सम्झाइ बुझाइ छाडेको छ ।

नयाँ भेरियन्ट सहितको कोभिड १९ महामारी काठमाडौंमा समेत बढ्दै गएको सन्दर्भमा सोको रोकथाम तथा नियन्त्रणका लागि संक्रामक ऐन २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी सोमबार बिहान मास्क नलगाई हिँड्ने ३२२ महिला र १००३ पुरुष गरी १३२५ जनालाई केही समय होल्ड गरी सम्झाइबुझाइ गरेर छाडिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता रमेश कुमार बस्नेतले जानकारी दिए ।

प्रहरीले मास्क नलगाइ हिँड्नेहरुलाई अनिवार्य मास्क लगाउन भनेको छ । कोरोना संक्रमण बढ्दै गएपछि अहिले काठमाडौं उपत्यकाका चोकचोकमा खटिएका प्रहरीले स्वास्थ्य मापदण्ड पालना भए नभएकाबारे अनुगमन गर्दै आएको छ । कोरोना संक्रमण बढ्दै गएपछि विज्ञहरुले अनिवार्य मास्क लगाउन भनेपछि प्रहरीले कडाइ गरेको हो ।

प्रतिक्रिया