डब्ल्यूएचओद्वारा भारतमा महत्त्वपूर्ण उपकरण आपूर्ति गर्ने तयारी

admin

काठमाडौं, १४ बैशाख : विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले भारतमा संक्रमणदर र मृत्युदर बढिरहेकोप्रति चिन्ता व्यक्त गरेको छ । डब्ल्यूएचओका प्रमुख ट्रेडोस अदानोम गेब्रिएसएसले भारतको अवस्था अत्यन्तै खराब हुँदै गएको महत्त्वपूर्ण उपकरण आपूर्ति सुनिश्चित गर्न लागिपरेको बताएका छन् ।

अक्सिजन, मोबाइल अस्पताल र ल्याबहरुको व्यवस्थापनमा ध्यान केन्द्रीत गरेर आफूहरुले काम गरेको उनले बताएका छन् । भारतमा पछिल्ला केही दिनदेखि कोरोना संक्रमित निक्कै धेरै बढेको छ । बितेको २४ घण्टामा मात्रै भारतमा ३ लाख १९ हजार ४ सय ३२ जना संक्रमित थपिएका छन् । यो सोमबारको तुलनामा थपिने संख्या झण्डै ३५ हजार कम हो ।

यस्तै बितेको २४ घण्टामा २ हजार ७ सय ६४ जना कोरोना संक्रमितको ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या १ लाख ९७ हजार ८ सय ८० पुगेको छ । कोरोनाको नयाँ भेरियन्टका कारण संक्रमित बढेसँगै भारतका विभिन्न अस्पतालमा अक्सिजनको अभाव भइरहेको छ भने शैया पाउन पनि मुस्किल छ ।

प्रतिक्रिया