वीरगन्जको अवस्था भयावह बन्दै, कोरोनाबाट एकैदिन ५ को मृत्यु

admin

काठमाडौं, १६ वैशाख : कोरोना महामारीको हटस्पट बन्दै गएको वीरगन्जको अवस्था झन भयवाह बन्दै गएको छ । पर्सा जिल्लाको सदरमुकाम वीरगन्जमा कोरोना संक्रमण दरसँगै मृ’त्यु दर पनि दिनहुँ बढ्दै गएको छ ।

वीरगन्जमा बुधबार मात्रै कोरोनाले ५ जनाको मृ’त्यु भएको छ । वीरगन्जस्थित नारायणी अस्पतालमा उपचाररत ५ जना संक्रमितको मृ’त्यु भएको हो । वीरगन्जमा ३ दिन ९सोमबार देखि बुधबार ० सम्म १२ जनाको मृ’त्यु भएको छ । बुधबार ५ जना , मङगलवार ४ जना र सोमबार ३ जनाको मृ’त्यु भएको हो । कोरोनाको दोश्रो लहर सुरु भएयता चैत ३० देखि वैशाख १५ सम्म कोरोनाले २३ जनाको मृ’त्यु भएको छ ।

वीरगन्जको नारायणी अस्पतालमा १९ जनाको , नारायणी बयोधा अस्पतालमा ३ जनाको र गण्डक अस्पतालमा १ जनाको मृ’त्यु भएको हो । मृतक २३ जनामध्ये पर्साका १५ जना , बाराका ५ , सर्लाहीका २ जना र रौतहटका १ जना हुन् ।

नारायणी अस्पतालमा बुधबार अपरान्ह वीरगन्ज महानगरपालिका वडा नम्बर ७ रामटोलका ४५ वर्षिय पुरुष, बिहान पौने १२ बजे रौतहटको दुर्गाभगवती गाँउपालिकाको रजवाडाकी ५० वर्षिया महिला, बुधबार बिहान १० बजे वीरगन्ज महानगरपालिका वडा नंबर २७ की ६० वर्षीया महिलाको मृ’त्यु भएको हो ।

नारायणी अस्पतालमै बुधबार बिहान पौने २ बजे सर्लाहीको धनकौल गाँउपालिका ४ का ४३ वर्षिय पुरुष र बुधबार बिहान सवा १२ बजे बाराको सुवर्ण गाउँपालिका– ७ की ३० वर्षीया महिलाको पनि उपचारका क्रममा मृत्यु भएको अस्पतालका कोभिड कोर्डिनेटर डाक्टर सरोज रोशन दासले जानकारी दिए । यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

प्रतिक्रिया