राष्ट्रवादी यातायात व्यवसायी महासंघद्वारा देश व्यापी प्रतिरोध गर्ने चेतावनी

admin

काठमाडौं, १६ बैशाख : राष्ट्रवादी यातायात व्यवसायी महासघंले सवारी चल्न पाउनुपर्ने चेतावनी दिएको छ । बिहीबार विज्ञप्ति जारी गर्दै कोरोना भाइरस (कोभिड-१९) संक्रमण नियन्त्रणका लागि सरकारले गरेको निषेधाज्ञा र लकडाउनमा ट्याक्सी लगायत यात्रुबाहक सार्वजनिक यातायात बन्द गर्ने सरकारको निर्णय विभेदकारी भएको भन्दै सो निर्णय नसच्याइय देशव्यापी प्रतिरोध गर्ने राष्ट्रवादी यातायात व्यवसायी महासघंले चेतावनी दिएको हो । सर्वसाधारण जनतालाई आवत जावत गर्नका लागि कोभिड-१९ नियन्त्रणका मापदण्ड अपनाउन लगाइ ट्याक्सी लगायत यात्रुबाहक सार्वजनिक यातायात चल्न दिनुपर्ने महासघंको माग छ ।

यस्तो भनिएको छ विज्ञप्तिमा :- ‘राष्ट्रिय पुजि र लगानिको सुरक्षा,वैदिक सनातान धर्म सस्कृती,जनजिविका र रास्ट्रीयता को पक्षमा शसक्त आवाज उठाउदै आयको अभियान राष्ट्रवादी केन्द्र नेपाल निकट राष्ट्रवादी यातायात व्यावसायी महासघं हो । यसै सन्दर्भमा सरकारले भोलि मिति २०७८र१र१६ गतेदेखी गर्ने भनेको निषेधाज्ञामा ट्याक्सी लगायत यात्रुबाहक सार्वजनिक यातायात पनि बन्द गर्ने गरि गरेको निर्णय प्रति हाम्रो गम्भीर असहमती छ । भुपरिवेस्ठित देशको मेरुदण्ड यातायात हो संगसगैं नेपालको यातायात क्षेत्रमा पूर्णतया निम्न र मध्यमवर्गको लगानी छ । यातायात क्षेत्रमा राज्यले गरेको उपेक्षा तथा गत वर्षको लकडाउनका कारण नेपाली यातायात क्षेत्र अझसम्म धराशयी छ । कोभिड नियन्त्रणका आवश्यक मापदण्ड अपनाउन आवस्यक पर्ने सम्पुर्ण सुविधा सरकारले उपलब्ध गराइ देशभरका सर्वसाधारण जनताको सेवा र सुविधाको लागी टयाक्सी लगायत सम्पुर्ण यात्रुबाहक सार्वजनिक यातायातलाई सुचारू गर्न सरकार समक्ष अनुरोध गर्न चाहन्छौ १ कोभिड नियन्त्रणका लागि बन्द नै गर्नु परेको खण्डमा यातायात क्षेत्रका मजदुरको उचित व्यवस्था, बन्द अवधिको सरकारी कर र जरिवाना,व्यावसायिक रिणको ब्याज मिनाहा गर्ने व्यवस्था गरियोस । अन्यथा निम्न र मध्यम वर्गका नेपाली लगानिकर्ताको लगानी तथा लाखौं नेपालीहरुको जिवन आश्रित भयको यातायात क्षेत्रलाई अस्तव्यस्त बनाउने , माफिया हरु तथा बहुराष्ट्रिय कम्पनी को लगानीको पक्षपोषण गर्ने गरिका सम्पूर्ण षड्यन्त्रको भन्डाफोर गर्दै देशव्यापी रुपमा भद्र प्रतिरोध गर्न बाध्य नपारियोस भनि सरोकारवाला पक्षलाई चेतावनी दिन चाहन्छौ । साथै यातायात क्षेत्रका सम्पुर्ण लगानी कर्ताहरु तथा मजदुर हरु आफ्नो लगानी को सुरक्षा र देशमै काम गरेर खान पाउने अधिकारका निमित्त सगंठित र एकजुट हुन हार्दिक अपिल गर्दछौ ।’

प्रतिक्रिया