जति सक्दो छिटो भारत छाड्न आफ्ना नागरिकलाई अमेरिकाको आग्रह

admin

काठमाडौं, १६ बैशाख : भारतमा कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि अमेरिकाले आफ्ना नागरिकलाई भारत छाड्न आग्रह गरेको छ । अमेरिकाले जति सक्दो छिटो आफ्ना नागरिकलाई भारत छोड्न एड्भाइजरी जारी गरेको छ । अमेरिकाले भनेको छ, ‘भारतमा कोरोना सङ्कट यसरी बढेको छ कि त्यहाँ औषधि तथा उपचार पद्धति असफल जस्तै बनेको छ ।’

दिनप्रतिदिन कोरोनाका बिरामीको ज्यान जाने संख्या बढेको तथा नयाँ बिरामीले उपचारका लागि शय्या पाउन छोडेको भन्दै अमेरिकाले त्यहाँ रहेका नागरिकलाई एड्भाइजरी जारी गरेको हो । यस्तै अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोनाको सङ्कटसँग जुधिरहेको भारतलाई सहयोग गर्ने घोषणा गरेका छन् ।

‘​कोभिडको बढ्दो संक्रमणबाट मेडिकल सुविधा ध्वस्त भएको छ’, अमेरिकाले जारी गरेको एड्भाइजरीमा भनिएको छ । आफ्ना नागरिकहरू भारतबाट आउने फ्लाइटमा सिधै आउन सक्ने अमेरिकाले जनाएको छ ।

प्रतिक्रिया