खानेपानी मन्त्री थापालाई संक्रमण पुष्टि

admin

काठमाडौं, १७ बैशाख : खानेपानी तथा सरसफाइ मन्त्री मणिचन्द्र थापालाई कोभिड–१९ को संक्रमण भएको छ । उनको पीसीआर परीक्षणका क्रममा शुक्रबार बिहान संक्रमण पुष्टि भएको उनका स्वकीय सचिव राजेन्द्र गौतमले जानकारी दिए ।

मन्त्री थापाकी छोरी उष्णता श्रेष्ठ थापालाई संक्रमण भएपछि उनको बिहीबार स्वाब सङ्कलन गरिएको थियो । उनकी छोरीलाई चार दिनअघि संक्रमण भएको थियो । मन्त्रीसहित सचिवालयमा काम गर्ने १० जनाको पीसीआर परीक्षण गर्दा कसैलाई संक्रमण देखिएन ।

संक्रमण पुष्टि भएपछि मन्त्री थापा अहिले ललितपुरमा रहेको मन्त्री निवास पुल्चोकमा आराम गरिरहेको उनका स्वकीय सचिव गौतमले जानकारी दिए । गौतमका अनुसार मन्त्री थापालाई अहिले सामान्य रुघाखोकी लागेको छ । यसअघि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीलाई संक्रमण भएको थियो ।

प्रतिक्रिया