चैतमा मात्रै ३२ हजार भान्दाबढी रोजगारीमा विदेशिए नेपाली

admin

काठमाडौं, १७ बैशाख : कोरोना संक्रमणको जोखिमकै अवस्थामा पनि वैदेशिक रोजगारीमा जानेको संख्या घटेको छैन । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार गएको चैतमा मात्रै ३२ हजार बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् । ३० हजार ३५ पुरुष र दुई हजार १ सय ७ महिला गरि ३२ हजार एक सय ४२ नेपाली श्रमिक वैदेशिक रोजगारीमा गएको विभागले जनाएको छ ।

यो नेपाल सरकारले श्रमको लागि खुल्ला गरेकामध्ये ७३ देशमा जानेहरुको संख्या हो । यसमध्ये १५ हजार ५ सय २६ जना पहिलोपटक श्रम स्वीकृति लिएर विदेश गएका हुन् भने बाँकी एक पटक विदेश गएर बिदामा आएर फेरि गएकाहरु हुन् ।

पछिल्लो समय रोजगारीको लागि साउदी जानेको संख्या बढी देखिएको छ । चैतमा मात्रै दश हजार ३ सय ७६ जना साउदी गएका छन् । यस्तै कतारमा ९ हजार ७ सय ४३ र यूएईमा सात हजार दुई सय एक जना रोजगारीको लागि गएको विभागले जनाएको छ ।

प्रतिक्रिया